काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पर्यटकको आकर्षण बन्दै नुवाकोटको सुइरे चौर, एकै ठाउँबाट हिमशृङ्खलाको दृश्यावलोकन

1.26K
shares

ai logo सारांश

  • नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सुइरे चौर आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ ।
  • प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो ।

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सुइरे चौर आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो ।

मौसम सफा भएको समयमा सुइरे चौरबाट विभिन्न हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । हरियाली र खुला भूभागले घेरिएको यस स्थानबाट एकै ठाउँमा बसेर हिमाली दृश्य अवलोकन गर्न सकिने भएकाले घुमफिरका लागि आउनेहरू आकर्षित हुने गरेका छन् । काठमाडौं उपत्यकाबाट नजिकै रहेको सुइरे चौर छोटो दूरीको घुमघामका लागि पनि उपयुक्त गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।