काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अध्यक्ष ओलीद्वारा छठको शुभकामना

1.93K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गरेका छन ।

छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था अभिव्यक्त गर्ने छठले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक सहिष्णुताको सन्देश प्रवाह गरेको बताएका छन।

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा कृतज्ञताको भावना प्रगाढ हुने र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशा र ऊर्जाको सञ्चार हुने उनले सन्देशमा उल्लेख गरेका छन ।