काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बेमौसमी वर्षाले पोखरामा काटेको धान खेतमै भिज्यो, कृषक चिन्तित

1.01K
shares

कास्की । धान भित्र्याउने तयारीमा रहेका पोखराका किसानलाई आज साँझ परेको बेमौसमी वर्षाले समस्यामा पारेको छ । खेतमा काटेर सुकाउन राखिएको धान वर्षाका कारण जलमग्न भएपछि किसान चिन्तित बनेका छन् ।

पोखरामा आज साँझ परेको ठूलो वर्षाले काटेर खेतमै राखिएको धान भिजाएको हो । घाम लागिरहेका बेला एक्कासी वर्षा भएपछि धान भिजेर नोक्सान हुने चिन्तामा किसान छन् । पोखरा(१३ आर्वाका श्रीराम सिग्देलले कसेरी र सनुपदेली फाँटमा हिजो र आज काटेर राखेको धान पूरै पानीमा डुबेको बताए । उनका अनुसार उक्त क्षेत्रका करिब ७५ प्रतिशत किसानले हिजो र आज धान काटेका थिए ।

“घाम लागिरहेकाले पानी पर्ला भन्ने ख्याल गर्न सकिएन । अहिले २०(२२ मुरी फल्ने धान सबै काटेर राखेका थियौँ”, उनले भने । कसेरी, सनुपदेली, ढाव र ठूम्रीबोटलगायत क्षेत्रका किसानले काटेर खेतमा राखेको धान वर्षाले भिजाएको छ ।

पोखरा महानगरपालिकाको कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बेमौसमी वर्षाका कारण विभिन्न स्थानमा काटेर राखिएको धान भिजेको जानकारीमा आएको बताए । अगौटे धान अधिकांश किसानले थन्काइसके पनि जेठोबुढो धान भित्र्याउने समयमा वर्षा हुँदा समस्या भएको उनले बताए ।

“यतिबेला अधिकांश किसान जेठोबुढो धान थन्काउने तयारीमा थिए । यही समयमा पानी परेपछि धान खेतमै भिजेको छ । भोलिदेखि घाम लाग्यो भने त्यति धेरै क्षति नहुन सक्छ । तर, धान लामो समय भिजिरहे हकुवा हुने सम्भावना बढी हुन्छ”, कडरियाले भन्े ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा कास्कीको पोखरा विमानस्थलस्थित मौसम मापन केन्द्रमा सबैभन्दा बढी २५ दशमलव चार मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाले गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अझै हल्का वर्षा भइरहेको जनाएको छ ।