काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छठ पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्नुको सट्टा संकुचित गर्न खोजियो : प्रभु साह

1.49K
shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय पर्वको रूपमा सिमित गराउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । साहले वैज्ञानिक महत्व बोकेको यस महान पर्वलाई युनेस्कोको इन्टाजिवल कल्चरल हेरिटेज लिष्टमा समावेश गर्न पहल गर्नुपर्नेमा अहिले नयाँ भनिएकाहरू उल्टै यस पर्वलाई जनकपुर र वीरगञ्जमा मात्रै सिमित गराउन उद्धत रहेको आरोप लगाए ।

चार दिनसम्म मनाईने यस पर्वमा अहिलेको सरकारले जम्मा दुई दिनमात्रै सार्वजनिक बिदा दिएर सञ्जालमा ठूलो काम गर्यौं भनेर ढोल पिटेकोमा पनि साहले आपत्ति जनाए । उनले चार दिनसम्म मनाउने पर्वमा चारै दिन बिदा दिनुपर्नेमा त्यसा नगरिएकोमा गुनासो पोखे ।

छठ पर्व मधेशमा मात्रै नभएर सिंगो देश र विदेशको कुना कुनासम्म फैलिएको उल्लेख गर्दै साहले अहिले काठमाडौंबाट केही नेताहरुको लावालस्कर मधेश झरेर यसलाई क्षेत्रीय पर्वको रुपमा सिमित गराउन खोजेको आशंका व्यक्त गरे । उनले छठ पर्वको प्रभावलाई अझै प्रभावशाली बनाउनुको साथै विश्वव्यापी विस्तार गरिनुपर्ने उल्लेख गरे ।

उनले भने ‘यो पर्वलाई संकुचित गरिनु हुँदैन, यसलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गरिनुपर्छ ।’ सो क्रममा उनले सूर्य उपासनाको महापर्व छठ पूजाको पावन अवसरमा सबैमा शुभकामनासमेत व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘लोक आस्थाको यस पवित्र अनुष्ठानमा सूर्यदेव तथा छठी माताको आराधनामा समर्पित सम्पूर्ण व्रतालुहरूप्रति हार्दिक नमन ! छठी माताको असीम कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो छाओस् । समाजमा प्रेम, सद्भाव र एकताको भावना अझ प्रगाढ बनोस् । यही हार्दिक मङ्गलकामना !’