मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना
वि.सं.२०८३ कात्तिक २९ आइतवार १३:४७
shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन ।
यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजमा मौलिक चाडपर्वको संरक्षण र संवद्र्धन सबैको साझा दायित्व भएको बताएका छन ।
सन्देशमा उनले कोशी प्रदेश सरकार सबै जातजाति, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा विविधताबीचको एकता सुदृढ गर्न प्रतिबद्ध रहेको बताएका छन।

























