छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण, सिरहासहित तराई–मधेसमा भक्तिमय माहोल
वि.सं.२०८३ कात्तिक २९ आइतवार २०:०९
shares

सिरहा । छठ पर्वको अवसरमा आइतबार सिरहासहित तराई–मधेसका विभिन्न नदी, पोखरी, तलाउ तथा जलाशयमा श्रद्धालु व्रतालुहरूले अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ अर्पण गरेका छन् ।
यसैक्रममा सिरहाको गोलबजार नगरपालिका–१० स्थित कुर्मीटोलको पोखरीमा पनि व्रतालुहरूले श्रद्धा र भक्तिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् ।
छठ पर्वको अवसरमा जलाशयहरूमा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ भने चारैतिर भक्तिमय वातावरण देखिएको छ । सूर्यदेव र छठी माताको पूजा–आराधना गर्दै व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन् ।

























