काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इजरायली हवाई आक्रमणमा हमासका वरिष्ठ सैन्य कमाण्डर मारिएको पुष्टि

924
shares

हमासको सैन्य शाखा अल–कासाम ब्रिगेड्सले दक्षिणी गाजा पट्टीमा भएको इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ सैन्य कमाण्डर मारिएको पुष्टि गरेको छ । ब्रिगेड्सले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

विज्ञप्तिमा अल–कासाम ब्रिगेड्सको सामान्य सैन्य परिषद्का सदस्य तथा राफाह ब्रिगेडका कमाण्डर ५३ वर्षीय समीर महमुद अबु युनिसको मृत्यु भएकोमा शोक व्यक्त गरिएको छ । कमाण्डरलाई शनिबार र आइतबारबीचको रातमा मारिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार, अल–कासाम ब्रिगेड्सको पहिलो पुस्ताका सदस्य अबु युनिस सन् १९९१ मा समूहमा आबद्ध हुनुभएको थियो । उहाँ यसअघि इजरायली जेलमा समेत पर्नुभएको थियो ।

अक्टोबर ७ को आक्रमणको योजना बनाउन र त्यसको नेतृत्व गर्न अबु युनिसले महत्वपूर्ण भूमिका खेलेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, इजरायली सेनाले पनि शनिबार राति दक्षिणी गाजा पट्टीमा गरिएको आक्रमणमा अबु युनिस मारिएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) र इजरायली सुरक्षा एजेन्सी (आईएसए) ले संयुक्त रूपमा गरेको आक्रमणमा युनिसलाई निशाना बनाइएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

इजरायली सेनाका अनुसार, अबु युनिसले राफाह ब्रिगेडका लडाकुलाई इजरायली नागरिक तथा सैनिकविरुद्ध आक्रमण गर्न निर्देशन । साथै, युद्धका क्रममा ठूलो क्षति बेहोरेको उक्त ब्रिगेड र हमासको सैन्य क्षमता पुनः सुदृढ पार्न पनि उनको संलग्न थियो ।

यसअघि प्यालेस्टिनी स्थानीय तथा स्वास्थ्य स्रोतहरूले खान युनिसको पश्चिममा पर्ने अल–मावासी क्षेत्रमा एउटा पाललाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा अबु युनिस मारिएको बताएका थिए ।