nmb bank

गृहपृष्ठ प्रकाश सपुतको ‘पिर’ गीत सार्वजनिक

प्रकाश सपुतको ‘पिर’ गीत सार्वजनिक

प्रकाश सपुतको ‘पिर’ गीत सार्वजनिक

प्रकाश सपुतको नयाँ गीत 'पिर' सार्वजनिक भएको छ । शुक्रबार साँझ सपुतको गीत उनकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा नेकपा माओवादीले सञ्चालन गरेको 'जनयुद्ध' पछि राजनीतिक पार्टीमा भएको परिवर्तनको विषयलाई समेटिएको छ । 'जनयुद्ध'मा सामेल भएकाहरुले पछि भोग्नु परेको पीडालाई गीतमा समेटिएको छ । आफ्ना नेतृत्व गर्ने नेताहरुमा भएको परवर्तन र उनीहरुले आफ्नै सहयोद्धाहरुलाई गरेको बेवास्ताको कथा गीतले बोलेको छ ।

गायक सपुतकै शब्द तथा संगीतमा रहेको गीतमा सम्झना भण्डारीले अतिथिको रुपमा स्वर दिएकी छिन् । गीतको भिडियोको कथा र निर्देशन पनि सपुतले नै गरेका छन् । गीतको भिडियोलाई सह निर्देशन सुनिल विकेले गरेका छन् । भिडियोमा सपुतसँगै सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन, पुष्पा अवस्थी, विशाल घिमिरे र प्रविष्टी बिकको अभिनय रहेका छ ।

प्रकाशित समय : २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु