काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एनपिएल : सुदूरपश्चिम रोयल्सले लुम्बिनीलाई दियो ८८ रनको लक्ष्य

483
shares

काठमाडौँ। राजधानीमा आजदेखि सुरु भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्टिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १.ं२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र जोड्न सक्यो । सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्रसिंह ऐरिले सर्वाधिक २७ रन जोडे । त्यसैगरी सैफ जैबले १३ रन जोड्दा अनिल खरेल १५ रनमा अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विनोद भण्डारीले ९ रन बनाए भने इसान पाण्डेले ७ रन बनाए ।

बलिङतर्फ लुम्बिनी लायन्सका किशोर महतोले सर्वाधिक चार विकेट लिए । त्यस्तै शेर मल्लले तीन विकेट लिँदा साड्ली भान शाल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान एक एक विकेट लिए । अहिले लुम्बिनी लायन्स जवाफी ब्याटिङमा उत्रेको छ ।