काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भक्तपुरका बाटोबाटोमा धान

588
shares

ख्वप । हिजोआज भक्तपुरमा फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान सुकाएको ।

दसैँ तिहारको आगमनसँगै भक्तपुरका विभिन्न बस्तीमा घर अगाडि, सडक किनार तथा खाली ठाउँमा धान सुकाउने पुरानो चलन यतिखेर देख्न सकिन्छ । आधुनिक घर, बदलिँदो जीवनशैली र प्रविधिको विकाससँगै धेरै कुरा परिवर्तन भए पनि भक्तपुरमा धान सुकाउने यो पुरानो चलनले बटुवाहरुलाई भने समस्या परेको छ ।

धान काटेर भित्र्याएउने समय सुरु भएसँगै भक्तपुरका किसानलाई धान सुकाउने, केलाउने र भण्डारण गर्न यतिखेर भने चटारो छ । विशेषगरी दसैँ तिहारको समयमा भक्तपुरका विभिन्न टोलका सडक तथा खुला ठाउँमा धान सुकाइरहेको देख्न सकिन्छ ।

सडकमा सुकाएको धानले यहाँको कृषि परम्परा, स्थानीय जीवनशैली र संस्कृतिलाई झल्काउँछ । भक्तपुरमा धान सुकाउँदै गरेकि मनिषा मचामसीका अनुसार दसैँ तिहारको समय बाटोमा धान सुकाउने दृश्य यहाँका लागि नयाँ नभएको बताइन् ।

पहिले भक्तपुरका अधिकांश घरमा झिँगटीको छाना हुने भएकाले घरको कौसीमा धान सुकाउन सम्भव नभएको उनले बताइन् । त्यसैले किसानले सडक, घर अगाडिको खुला ठाउँ तथा उपलब्ध खाली स्थानमा धान सुकाउने गरेको उनले बताइनु ।

झिँगटीको छाना हुने भएकाले सबैले खुला ठाउँमै धान सुकाउने गर्थे, उनले भनिन्, “अहिले ढलान गरेका घर बनेका, कौशी भएका घरमा कतिपयले त्यहीँ धान सुकाउने गरेको उनले बताइन् ।

भक्तपुरको परम्परागत बस्तीमा घरहरू एकअर्कासँग जोडिएका र खुला ठाउँ सीमित रहेकाले सडक नै धान सुकाउने महत्त्वपूर्ण स्थानका रूपमा प्रयोग हुँदै आएको छ ।

घाम लागेका बेला धान फिँजाएर सुकाउने र घाम अस्ताउन थालेपछि उठाएर सुरक्षित राख्ने चलन अझै कायम छ । स्थानीय राजमति कासिछ्वाका अनुसार पहिले सडकमा धान सुकाउनसमेत पालो कुर्नुपर्ने अवस्था थियो । घरमा उत्पादन भएको धान सुकाउनका लागि उपयुक्त खुला ठाउँ पाउनु सजिलो थिएन ।

धान चोरी हुने डरले राति धानको थुप्रो कुरेर बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । राति धान चोरी होला भन्ने डर हुन्थ्यो । त्यसैले राति धानको थुप्रोसँगै सुत्ने गरेका छौँ, उनले भनिन् । अहिले भने धान उत्पादन र सुकाउनुपर्ने परिमाण घट्दै गएको छ ।

सडक आसपासमा सिसी क्यामेरा जडान हुन थालेकाले धान कुरेर रात बिताउनुपर्ने अवस्था कम भएको छ । धान सुकाउने तरिका समयसँगै परिवर्तन भएको छ । पहिले सडकमा धान सुकाउनुअघि रातोमाटोले लिप्ने चलन थियो ।

सडकको सतह सफा गरी रातोमाटोले लिपेर त्यसैमाथि धान फिँजाउने गरिन्थ्यो । अहिले भने धान सफा राख्न बोरा, प्लास्टिक वा त्रिपाल ओछ्याएर सुकाउने चलन बढेको छ ।

सडकमा धान सुकाउँदा पैदलयात्रु तथा सवारीसाधनको आवागमनमा भने असहज हुने गरेको छ ।