काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

651
shares

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फरकिएकि छन् ।

स्वदेश फर्कने क्रममा अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिइन् । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ विषय रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना भएको थियो । उक्त सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकि थिइन् ।

उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि भएको थियो ।

फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापनाकार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’ का मुलुकको भूमिकालगायत विषयमा छलफल भएको थियो ।

सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित अर्थतन्त्र तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायत विषयमा पनि बहस भएको थियो ।