काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन

630
shares

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा उनले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।

एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि सुरु भएको छ । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल सुरु भइसकेको छ ।

प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।