एनपीएल सिजन ३ प्रत्यक्ष रुपमा डिशहोममा अतिरिक्त शुल्कबिना एचडीमा हेर्न पाइने
वि.सं.२०८३ कात्तिक ९ सोमवार १७:५९
shares

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को रोमाञ्चक क्रिकेट डिशहोम डीटीएच तथा आईपीटीभी मार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने भएको छ ।
डिशहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त शुल्कबिना हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टु मार्फत एनपीएलका खेलहरू हेर्न सक्ने छन् । खेल हेर्नका लागि ग्राहकको सदस्यता एक्टिभेट हुनुपर्नेछ।
सदस्यता अवधि समाप्त भएका ग्राहकहरूले खल्ती तथा इसेवामार्फत सजिलै रिचार्ज गरी खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। दुई खेल हुने दिनमा खेलहरू दिउँसो १२:३० बजे र साँझ ५:०० बजेबाट प्रत्यक्ष प्रसारण हुनेछन्।
क्रिकेटप्रेमी दर्शकहरूले डिशहोममार्फत एनपीएल सिजन ३ का प्रत्येक रोमाञ्चक क्षण, चौका, छक्का र विकेटको आनन्द घरमै बसेर लिन सक्नेछन्। डिशहोमले एनपीएल सिजन ३, क्रिकेटको जोश, डिशहोमको साथ भन्ने स्लोगानका साथ आफ्नो सेवा क्रिकेटप्रेमी दर्शकहरूमा समर्पित गरेको जनाएको छ ।
























