काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रचण्ड, उपेन्द्र र नेता खड्काले दिए एनपीएल सफलताको शुभकामना

693
shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारबाट सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन् ।

उनले एनपीएल विश्वमा नेपाल चिनाउन शसक्त माध्यम बनेको उल्लेख गर्दै नेपाली क्रिकेट विश्वस्तरमा चिनिन सफल भएकोमा सन्तोष व्यक्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करण नेपाली क्रिकेट इतिहासमा कोशेढुङ्गा साबित हुनुपर्ने बताएका छन् ।

एनपीएल प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै खड्काले आफू खेलकुदमन्त्री हुँदाको खेल विकासको प्रसंग उल्लेख गरे ।

खड्काले सामाजिक संजालमा लेखेका छन्,‘नेपालको क्रिकेट खेलकुद इतिहासमा नेपाल प्रिमियर लिग तेस्रो संस्करणमा आइपुग्दा राष्ट्रिय खेलकूद महोत्सवको आकार ग्रहण गर्दै भब्यताका साथ आजदेखि प्रारम्भ हुदैछ । यस खुसीको अवसरमा नेपाली क्रिकेट खेलाडी, कोच, रेफ्रि, नेपाल क्रिकेट संघका अध्यक्षसहित सबै पदाधिकारी,सदस्यहरु, ब्यबस्थापक र तमाम क्रिकेटप्रेमीहरुमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु,’ उनले अगाडि लेखेका छन्,‘ सहभागी हुन आउनुभएका बिदेशी खेलाडी र रेफ्रि (हाम्रा पाहुनाहरु) सबैमा हाम्रो सुन्दर देश नेपालमा हृदयदेखि नै हार्दिक स्वागत गरौँ ।’

त्यस्तै उनले क्षणमा २०५५ सालमा जीटीभीसंगको साझेदारीमा किर्तिपुर टीयूकै यही त्यतिबेलाको सामान्य मैदानमा नेपाल क्रिकेट संघले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलको सम्झना ताजाभएको स्मरण गरे ।

‘उनले अगाडि लेखेका छन्,‘तत्कालिन क्यान अध्यक्ष जय शाह र महासचिव बिनय पाण्डेजीको परिश्रमी नेतृत्वको टिमको त्यो ऐतिहासिक भूमिका मेरो मनमस्तिस्कमा आजपनि ताजै छ। उक्त खेलको उद्घाटन तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले गर्नु हुँदा म स्वयम् भने युवाखेलकूद तथा संस्कृतिमन्त्रीको जिम्मेवारीमा रहेको थिएँ । नेपाल प्रिमियर लिगले तेस्रो संस्करण नेपाली क्रिकेट इतिहासमा कोशेढुङ्गा साबित हुने गरि भब्यतापूर्वक सम्पन्न होस भन्ने शुभकामना ब्यक्त गर्दछु ।’

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एनपीएल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

उनले लेखेका छन्,‘एनपीएल सिजन–३ आजदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको अवसरमा प्रतियोगिताको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस प्रतियोगिताले देशका विभिन्न भूगोल, समुदाय र पृष्ठभूमिका नेपालीलाई एउटै खेल मैदानको भावनात्मक सूत्रमा जोड्ने महत्त्वपूर्ण अवसर प्रदान गर्दछ। खेलकुदले भाषा, जाति, धर्म, क्षेत्र र समुदायका सीमाभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकताको भावना सुदृढ बनाउन मद्दत गर्दछ।

पछिल्लो समय नेपालमा क्रिकेट खेलले हिमाल, पहाड र तराई–मधेसका सम्पूर्ण नेपालीको भावनालाई एउटै सुत्रमा जोड्ने काम गरेको छ,’ उनले अगाडि लेखेका छन्,‘ एनपीएल जस्ता राष्ट्रिय स्तरका प्रतियोगिताले उच्च खेल भावनाको विकास गर्दै सम्पूर्ण देशवासीलाई एकता र भाइचाराको सन्देश दिन सफल हुनेछ भन्ने मेरो गहिरो विश्वास छ।’

‘यस प्रतियोगिताले समग्र नेपाली क्रिकेटको संस्थागत विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ। यसले हाम्रा स्वदेशी युवा तथा प्रतिभावान खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माण गर्न र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याउन मद्दत गर्नेछ ।

निष्पक्ष प्रतिस्पर्धा, अनुशासन र उत्कृष्ट खेल भावनाको अपेक्षासहित नेपाल प्रिमियर लिग सिजन ३ को पूर्ण सफलताको कामना गर्दै आयोजक, सहभागी सम्पूर्ण स्वदेशी तथा विदेशी खेलाडी, प्राविधिक टोली र क्रिकेटप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।