global ime bank Long Banner Ad

गृहपृष्ठ विराटनगरमा राजवंशी संस्कृति संरक्षणका लागि महोत्सव

विराटनगरमा राजवंशी संस्कृति संरक्षणका लागि महोत्सव

विराटनगरमा राजवंशी संस्कृति संरक्षणका लागि महोत्सव

विराट राजवंशी समुदायको खानपान, पहिरन, भाषा र संस्कृति संरक्षणका लागि विराटनगरमा 'विराट राजवंशी महोत्सव' गरिने भएको छ । विराट राजवंशी प्रगतिशिल विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी चैत ५ देखि १५ गतेसम्म विराटनगर-५ आयोजना हुने महोत्सवमा आफ्नो समुदायको मौलिक खानपान, वेषभुषा र संस्कृतिक झाँकी प्रदर्शन गरिने जनाएको हो ।

समाजका अध्यक्ष किरण राजवंशीले आदिवासी समुदायका रुपमा राजवंशीको संस्कृति पश्चिमा संस्कृतिले अतिक्रमण गर्दै लगेकाले संरक्षण र उत्थानका लागि महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सवमा मौलिक खानपान, पहिरनलगायत बालबालिका तथा युवाको मनोरञ्जनका लागि झुला, रोटेपिङ र सांस्कृतिक कार्यक्रमलगायत कार्यक्रमका लागि ६० वटा कक्ष रहने उनले जानकारी दिए ।

महोत्वमा नेपाली तथा राजवंशी भाषाका चर्चित कलाकार सुगम पोखरेल, शिव परियार, इन्दिरा जोशी, प्रमोद खरेल, मेलिना राई, प्रवलदीप विश्वास र लक्ष्मण राजवंशीले आफ्ना गीत तथा नृत्य प्रस्तुत गर्नुहुने समाजका सचिव गोपी राजवंशीले बताए । नेपाल तथा सीमावर्ती भारतीय शहरबाट ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र ५० लाख बराबरको कारोबार हुने विश्वास लिइएको र महोत्वसवका लागि उक्त समुदायबाट ३० लाख संकलन गरिएको जानकारी गराइयो ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु