global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभाः सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन माग

प्रतिनिधिसभाः सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन माग

प्रतिनिधिसभाः सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन माग

काठमाडौँ ।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेको छन । बैठकमा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै सांसदहरूले सार्वजनिक विद्यालयमा किन विद्यार्थी कम भए भन्ने प्रश्नको उत्तर खोज्दै ती विद्यालयका शौचालय, प्रयोगशालालगायत पूर्वाधारको उचित प्रबन्ध गर्न आग्रह गरे ।

सांसद नरेन्द्रकुमार केरुङले शिक्षा तथा खेलकुद मन्त्रालयका लागि विनियोजित बजेट अपुग हुने भन्दै सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक र प्रारम्भिक बालविकास शिक्षकका लागि तोकिएको सुविधा बढाउन आग्रह गरे । सांसद रमेशकुमार मल्लले भूकम्पप्रतिरोधी विद्यालय भवन, विद्यालय शौचालय आदिमा बजेट नदेखिएको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटका बीच तालमेल नभएको टिप्पणी गरे ।

बैठकमा शिक्षा तथा खेलकुदका साथै युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ ।

प्रकाशित समय : १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु