गृहपृष्ठ बैंसालु लालीगुराँसले वनै राताम्य (फाेटाेफिचर)
बैंसालु लालीगुराँसले वनै राताम्य (फाेटाेफिचर)
लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । बैंसालु लालीगुराँसले यतिबेला वनहरू राताम्य हुन थालेका छन् । लालीगुराँस साधारणतया माघ, फागुन र चैततिर फुल्ने गर्दछ । यद्यपि, कुनै वर्ष केही चाँडाे र ढिलाे पनि फुल्ने गर्छ । गुराँस फुलेकाे समयमा आन्तरिक तथा वाह्य पर्यटककाे चहलपहल बढ्ने गर्छ ।
ताप्लेजुङ, संखुवासभा र तेह्रथुमकाे संगमस्थल तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रलाई नेपालकाे सबैभन्दा ठूलाे गुराँस वन क्षेत्र मानिन्छ । नेपालमा पाइने ३२ मध्ये टीएमजेमा २८ प्रजातिका गुराँस पाइने बताइन्छ । म्याग्दी, कास्कीलगायत पश्चिम नेपालका पहाडी र हिमाली जिल्लाहरूमा पनि गुराँसका ठूला-ठूला वन क्षेत्र छन् । सडक निर्माण र वन अतिक्रमणका कारण गुराँसका वन क्षेत्र मासिँदै गइरहेका छन् ।

प्रकाशित समय : १९:२८ बजे



















