काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुडानमा ड्रोन आक्रमण तीव्र, पाँच महिनामा एक हजार बढीको मुत्यु : संयुक्त राष्ट्रसङ्घ

2.37K
shares

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले सुडानमा युद्धका क्रममा ड्रोनको प्रयोग तीव्र रूपमा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार सन् २०२६ को पहिलो पाँच महिनामा मात्र ड्रोन आक्रमणका कारण एक हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ ।

जेनेभास्थित संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई सोमबार सम्बोधन गर्दै टर्कले सुडानको द्वन्द्व झन् जटिल र घातक बन्दै गएको बताए । “सुडानमा द्वन्द्वको विस्तारसँगै ड्रोन युद्धको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । जनवरीदेखि मे २०२६ सम्म हाम्रो कार्यालयले ड्रोन आक्रमणबाट मारिएका एक हजारभन्दा बढी नागरिकको विवरण अभिलेखीकरण गरेको छ ।”

सुडानमा नियमित सेना (साफ) र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच अप्रिल २०२३ देखि जारी युद्धमा ड्रोनको प्रयोग क्रमशः प्रमुख सैन्य रणनीतिको रूपमा विकसित हुँदै गएको छ ।

टर्कले देशभर बलात्कार तथा यौन हिंसाका घटना व्यापक रूपमा फैलिएको उल्लेख गर्दै नागरिकमाथि भइरहेका मानव अधिकार उल्लङ्घनप्रति गहिरो चिन्ता व्यक्त गरे ।

सुडानको द्वन्द्वले हालसम्म दशौँ हजार मानिसको ज्यान लिइसकेको छ भने एक करोड १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले यस अवस्थालाई विश्वकै सबैभन्दा ठूलो विस्थापन तथा भोकमरी सङ्कटमध्ये एकको रूपमा वर्णन गरेको छ । रासस