global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल टेलिकमद्वारा FIFA World Cup 2026 लक्षित IPTV TV प्याकेज र बोनस अफर सार्वजनिक

नेपाल टेलिकमद्वारा FIFA World Cup 2026 लक्षित IPTV TV प्याकेज र बोनस अफर सार्वजनिक

नेपाल टेलिकमद्वारा FIFA World Cup 2026 लक्षित IPTV TV प्याकेज र बोनस अफर सार्वजनिक

काठमाडौँ । नेपाल टेलिकमले आगामी FIFA World Cup 2026 लाई लक्षित गर्दै आफ्ना IPTV ग्राहकहरूका लागि विशेष “TV Package” सार्वजनिक गरेको छ।

विश्व खेलकुदको महाकुम्भलाई मध्यनजर गर्दै कम्पनीले IPTV सेवा प्रयोगकर्ताहरूका लागि यो विशेष प्याकेज उपलब्ध गराएको हो। यस अन्तर्गत ग्राहकहरूले रु. ९९९ मा विश्वकपका सम्पूर्ण रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।

प्याकेज सक्रिय गर्न IPTV ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत हिमालय स्पोर्ट्स च्यानल चयन गरेपछि स्क्रिनमा देखिने इन्ट्री पेजमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि प्राप्त हुने OTP टिभी स्क्रिनमा इन्ट्री गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट  ९९९ कट्टा भई सेवा तत्काल सक्रिय हुनेछ। साथै, ग्राहकहरूले नजिकको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रमार्फत पनि प्याकेज सक्रिय गर्न सक्नेछन्।

त्यसैगरी, आगामी जेठ २६ देखि साउन ३ सम्म 100 Mbps वा सोभन्दा माथिको Internet with Premium IPTV प्याकेज नयाँ जडान, नवीकरण वा अपग्रेड गर्ने ग्राहकहरूले यो World Cup TV प्याकेज बोनस स्वरूप निःशुल्क प्राप्त गर्नेछन्।

बोनस सेवा प्राप्त गर्न ग्राहकहरूले आफ्नो मोबाइलबाट तोकिएको USSD कोड डायल गर्न सक्ने व्यवस्था गरिएको छ (कोड आधिकारिक सूचनामा उपलब्ध हुनेछ)।

नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधि र विश्वस्तरीय खेल मनोरञ्जन सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

थप जानकारीका लागि नजिकको ग्राहक सेवा केन्द्र, आधिकारिक वेबसाइट वा आधिकारिक सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित समय : १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु