जुम्लामा परम्परागत पानी घट्ट लोभ हुँदै
वि.सं.२०८३ कात्तिक २४ मंगलवार १४:२१
shares

सारांश
- जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरु लोभ हुँदै गएका छन् ।
जुम्ला । जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरु लोभ हुँदै गएका छन् । गाउँघरमा विद्युत्बाट सञ्चालन हुने मिल आएसँगै पानीबाट चल्ने घट्टहरु सङ्कटमा परेको पातारासी गाउँपालिका–१ का स्थानीय गोविन्द बुढाले बताएका छन् ।
ग्रामीण क्षेत्रका खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जौँ,कोदो र फापर लगायतका अन्न पिस्ने गर्दछन् । समय अनुसार आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि ग्रामीण क्षेत्रका पानीघट्ट लोपहुँदै गइरहेको पातारासी गाउँपालिका–१ स्थानीय बुढाले जानकारी दिएका छन् ।
गाउँमा आधुनिक मिल र बिजुली नपुगेका बेला पानीघट्ट अन्न पिस्ने साधन मात्र थिएन, गाउँको आत्मनिर्भर जीवनको महत्वपूर्ण आधारसमेत रहेको थियो । गाउँमा बिजुली, सडक र आधुनिक प्रविधिको पहुँच बढ्दै गएपछि पानीघट्टको प्रयोग क्रमशः घट्दै गएका सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिएका छन् ।
हाल प्रयोगविहीन रहेका पानीघट्टलाई कतिपयले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल र काठ चिरानीसमेत गर्न सक्ने घट्ट बनाएर संचालनमा ल्याएसँगै पुराना पानीघट्ट लोप हुने अवस्थामा पुगेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।
कुनै समय जुम्लाका गाउँमा प्रचलनमा रहेका पानीघट्ट अहिले कतिपय ठाउँमा देख्नै मुस्किल हुन थालेका छन् । पानीघट्ट हराउँदै जाँदा त्यसको प्रयोग, बनावट र सञ्चालनको परम्परागत ज्ञानसमेत नयाँ पुस्ताबाट टाढिँदै गएको सिजां गाउँपालिका अध्यक्ष धितालले बताएका छन् ।

























