गृहपृष्ठ नीति कार्यक्रम आजदेखि छलफल सुरु
नीति कार्यक्रम आजदेखि छलफल सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न ११ क्षेत्रका १०१ बुँदामा प्रस्तुत गरेको नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ ।
महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम पेस गरेका थिय।
राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९ औँ अधिवेशन बैठकमा उहाँले महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आव २०८२÷०८३ मा सम्पन्न हुन बाँकी बहुवर्षीय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम पेस गरेका थिय।
उनले नीति तथा कार्यक्रम कार्यान्वयनमा सहभागिता र सक्रियताको अपेक्षा गर्दै अन्तर सरकार समन्वय र साझेदारिताबाट मात्र लक्ष्य हासिल गरिने बताए ।
नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद, प्रविधिमा आधारित सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि र उपभोक्ता हितलगायतका विधा समेटिएका छन् ।
प्रकाशित समय : १३:४४ बजे



















