काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गरौँ’

2.14K
shares

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले आजको बैठकको आकस्मिक समयमा सुस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पदम परियारले नेपाल–भारत सीमासम्बन्धी सबै समस्याको समाधान कूटनीतिक माध्यमबाट खोज्न आग्रह गरे।

सांसद रोशनी मेचेले सुस्ता क्षेत्रका स्थानीयले भोग्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक माध्यमबाट समस्याको दीर्घकालीन निकास खोज्नुपर्नेमा जोड दिइन ।

बैठकमा सांसदहरु जयन्तीदेवी राईलगायतले इलाम, पाँचथर, झापामा उत्पादित चिया भारत निर्यातमा समस्या उत्पन्न भएपछि उद्योगहरू बन्द हुने अवस्था सिर्जना भएकाले त्यसतर्फ ध्यान दिन सदन र सरकारलाई अनुरोध गरे ।

उनिहरुले भने “भारतसँगको व्यापार सम्बन्धका विषयमा गम्भीर बहस हुनुपर्छ । किसानले उत्पादन गरेको चियाको बजार सुनिश्चित गर्न सरकारले वैकल्पिक व्यवस्था खोज्नुपर्छ ।”