global ime bank Long Banner Ad

गृहपृष्ठ अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

काठमाडौं । राष्ट्रिय जेनजी–नागरिक अभियानले आफ्ना सहसंयोजक अजय सोडारी र प्रवक्ता विर्जन विश्वकर्मालाई गृहमन्त्री सुदन गुरुङले प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले राष्ट्रियताको विषयमा बोल्दा पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

अभियानका सचिव प्रकाश बमले आफ्ना सहकर्मीहरुलाई वर्तमान सरकारले विना कारण पक्राउ गरेको आरोप लगाएका छन् ।

नेपालको सीमा सुरक्षा, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय हितको पक्षमा आवाज उठाउँदा गिरफ्तार गरिएको आरोप लगाउँदै बमले भने, ‘संवैधानिक अधिकारमा टेकेर गरिएको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्दै राष्ट्रभक्ति आवाजको हत्या गर्ने निरङ्कुशता तर्फ सरकार जाँदैछ ।’ बमले आफ्ना साथिहरुलाई तत्काल रिहा गर्न मागसमेत गरे ।

जेनजी अगुवा सुजन पौडेलले सोडारी र विश्वकर्मालाई गत शुक्रबार राति कार्यक्रम सम्पन्न गरेर घर फर्किने क्रममा लखेटी–लखेटी पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरे ।

गृहमन्त्री बहाली हुनुपूर्व यस अघि नै आफ्नो टोलीलाई प्रहरी हिरासतमा गई धम्काएको विषयलाई स्मरण गर्दै पौडेलले भने, ‘हामीमाथि गृहमन्त्री सुदन गुरुङले बारम्बार प्रतिशोध लिनुपर्ने कारण के छ ।’ उनले आफ्ना साथीहरुलाई विनासर्त रिहा गर्न माग गरे ।

जेनजी उमेश चन्दले राष्ट्र हितका पक्षमा उठेका आवाजलाई दबाएर भन्दा सम्बोधन गरेरमात्रै समस्याको हल हुने बताए । उनले राष्ट्रभक्त युवाहरुलाई राज्यले हिरासतमा राखेर दुःख दिने कार्य गरिरहे थप संघर्षमा उत्रने चतावनी दिए ।

प्रकाशित समय : १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु