काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बिदाको दिन पनि अन्तरबैंक भुक्तानी नरोकिने

1.87K
shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले छठ पर्वको सार्वजनिक बिदाका दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै भोलि सोमबार सरकारले सार्वजनिक विदा दिए पनि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सो प्रणाली सञ्चालन हुने जनाएको हो ।

आरटीजीएस ठूलो मूल्यका तथा अत्यावश्यक भुक्तानीहरू एउटा बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा र छुट्टाछुट्टै फछ्र्यौट गर्ने विद्युतीय प्रणाली हो । यस प्रणालीमार्फत एक बैंकबाट अर्को बैंकमा तथा व्यक्ति वा संस्थाको खाताबाट अर्को व्यक्ति वा संस्थाको खातामा रकम स्थानान्तरण गर्न सकिन्छ ।