काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

11.84K
shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ नारायणस्थानमा बोलेरो जीप दुर्घटनामा पर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जीपमा आइतबार बिहान बाटो माथीबाट ढुंगा खसेर लागेको हो ।

जीपमा ६ जना सवार थिए । त्यसमध्ये सिद्धिचरण नगरपालिका-१ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिनपा-१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ ।