काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राणा प्रकरणमा बारसँग छलफल गर्न तयार प्रधानमन्त्री देउवा

12.73K
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल बार एशोसिएशन र सर्वाेच्च अदालत बार एशोसिएशनसँग छलफल गर्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग छलफल गर्न देउवाले शुक्रबार वालुवाटार बोलाएको नेपाल बारका महासचिव लीलामणि पौडेलले बताए ।

प्रधानमन्त्रीलाई भेट्न दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठ सहितको टोली वालुवाटार जाने भएको छ ।

प्रधानन्यायाधीश जबरालाई अवज्ञा गर्दै सर्वोच्चका १९ न्यायाधीशले इजलास बहिष्कार गरिरहेका छन् भने एक महिनादेखि नेपाल बारमा आबद्ध कानुन व्यवसायीहरू आन्दोलनमा छन् । सत्तारूढ गठबन्धनको कात्तिक ३० को बैठकले न्यायालयको विवादमा उचित निकास न्यायालयभित्रबाटै यथाशक्य दिनुपर्ने निर्णय गरेको थियो । न्यायालयमा देखिएको विवादबारे संवैधानिक परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री देउवा मौन रहेको भन्दै नागरिक समाज र बारले आलोचना गर्न थालेपछि प्रधानमन्त्री छलफलका लागि तयार भएको हुन् ।

भेटमा प्रधानन्यायाधीश राणा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दललाई गत सोमबार बुझाएको धारणापत्र बारले शुक्रबार प्रधानमन्त्रीलाई पनि बुझाउनेछ ।