काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतीय सेनाले दियो नेपाली सेनालाई टाटा एलपीटीए १६२८ वर्कशप ट्रक उपहार

11.26K
shares

टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपीटीए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान गर्‍यो । भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई हस्तान्तरण गरे ।

कम्प्याक्ट मोबाइल वर्कसको रुपमा काम गर्ने यी वर्कशप ट्रकहरुले नेपाली सेनाको सवारी साधनको सहज र निर्वाध कार्यक्षमता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । प्रधानसेनापति प्रभुराम शर्माले हालै भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरी स्वदेश फर्किए पश्चात सो ट्रकहरु उपहारस्वरुप प्रदान गरिएको हो ।

रक्षा सहकार्यअन्तर्गत उपलब्ध गराइने यस्ता सैन्य सामाग्रीले भारतीय सेना र नेपाली सेनाबीच रहेको गहिरो तथा बलियो सम्बन्धलाई पुष्टि गर्दछ । यस सैन्य सम्बन्धले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पनि मद्दत गर्नेछ । भारत सरकारको तर्फबाट भारतीय सेनाले नेपाली सेनालाई अझ सशक्त एवं आधुनिक बनाउन उसले गरेका प्रयासमा निरन्तर सहयोग गर्नेछ ।