काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डिजिटल रूपान्तरण र पर्यटन प्रवर्द्धनमा टिकटकसँग सहकार्यको पहल

1.28K
shares

ai logo सारांश

  • डिजिटल रूपान्तरण र पर्यटन प्रवर्द्धनमा टिकटकसँग सहकार्य
  • टिकटकसँग सहकार्य बढाउने सरकारको पहल
  • पर्यटन र उद्यमशीलतामा टिकटक उपयोग गर्ने सरकारको योजना

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटक कम्पनीका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिला हेर्ने वरिष्ठ निर्देशक एमिर गेलेनबीच डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन र सुरक्षित इन्टरनेट प्रयोगका विषयमा छलफल भएको छ ।

मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री तिमिल्सिनाले नेपाल सरकार डिजिटल रूपान्तरणको अभियानलाई तीव्रता दिन प्रतिबद्ध रहेको बताए । उनले टिकटकजस्ता सामाजिक सञ्जाल नेपाली कलाकार, उद्यमी, व्यवसायी तथा आमनागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनको महत्त्वपूर्ण माध्यम बनेको उल्लेख गरे ।

सामाजिक सञ्जालबाट प्राप्त हुने लाभ आर्थिक रूपमा सबल वर्गमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रका नागरिक, साना उद्यमी तथा विपन्न समुदायसम्म पुर्‍याउनुपर्नेमा उनले जोड दिए । टिकटकलाई मनोरञ्जनमा मात्र सीमित नराखी उद्यमशीलता, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र आर्थिक विकासको माध्यमका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालले विपद्सम्बन्धी सूचना, जनचेतनामूलक सन्देश तथा सार्वजनिक सरोकारका विषय नागरिकसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले डिजिटल साक्षरता विस्तार, व्यक्तिगत गोपनीयता तथा प्रयोगकर्ताको अधिकार संरक्षण र सुरक्षित डिजिटल वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै टिकटकसहितका सामाजिक सञ्जालसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

भेटमा टिकटकका वरिष्ठ निर्देशक गेलेनले नेपालमा डिजिटल साक्षरता अभिवृद्धि तथा सामुदायिक विकासमा योगदान पुर्‍याउन कम्पनी प्रतिबद्ध रहेको बताए । उनले नेपाली व्यापार, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धनमा टिकटक प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दै सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना अभियानमा नेपाल सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरे ।