काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जसपाका केन्द्रीय सदस्य यादवलाई पदबाट हटाउने निर्णय

10.96K
shares

जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई पदबाट हटाउने निर्णय गरेको छ । मन्त्री नबनाएको रिसमा प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको भन्दै जसपाले पदबाट हटाउने निर्णय गरेको हो ।

बुधबार राति सम्पन्न कार्यकारिणी समितिको बैठकबाट प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय भएको जसपाले जनाएको छ । जसपाका प्रचार विभाग प्रमुख एवं कार्यकारिणी सदस्य डम्बर खतिवडाका अनुसार अर्को निर्णय नआउनसम्म सांसद यादवलाई केन्द्रीय समितिबाट निष्काशन गरिएको हो ।