काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हाेटलकाे बाथरूमबाट २ थान पेस्तोल र ७ राउण्ड गोली बरामद 

12.66K
shares

टिकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलको ३०१ नम्बरको कोठाबाट २ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ७ राउण्ड गोली बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार हाेटलकाे बाथरूमबाट पेस्ताेल र गाेली बरामद भएकाे हाे ।

होटलमा अवैध हतियार राखेको हुन सक्ने भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा खानतलासी गर्ने क्रममा बाथरुमभित्र शौचालयको कमडको पछाडी खाली भागभित्र लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।