काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान सम्मेलन हुँदै

13.08K
shares

भाषाविज्ञान समाज नेपालले ४२औं वार्षिक सम्मेलन भोलिबाट हुने भएको छ । समाजको ४२औं वार्षिक सम्मेलन नोभेम्बर २६ र २७ तारिख सन् २०२१ (तदनुसार २०७८ साल मंसिर १० र ११ गते) हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा (माक्रोसफ्ट टिम्स) सफ्टवेयरको प्रयोग गरी अनलाइन माध्यमबाट सम्मेलन आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ । समाजले विगत ४० वर्षदेखि अविछिन्‍न रुपमा हरेक वर्ष नोभेम्बर २६ र २७ तारिखमा वार्षिक सम्मेलन गर्दै आएको छ ।

सम्मेलनमा हरेक वर्ष १० देखि १५ मुलुकका १५० जनाभन्दा बढी भाषाविद्हरू सहभागी हुँदै आएका छन् । जसमा १०० भन्दाबढी सम्मेलन पत्र प्रस्तुत हुने गरेकोमा कोभिड-१९ महामारीको कारणले यस वर्ष ९ देशको सहभागिता रहने र ७२ वटा सम्मेलन पत्रहरू प्रस्तुत हुने भाषाविज्ञान समाज नेपालका अध्यक्ष कृष्णप्रसाद चालिसेले जानकारी दिए । 

चालिसेका अनुसार यस वर्ष भाषाविज्ञानका २१ वटा विभिन्‍न विधामा ३२ वटा भाषामा अनुसन्धान गरिएका अनुसन्धान पत्रहरू सम्मेलन पत्रका रूपमा प्रस्तुत गरिने र ती अनुसन्धान पत्रहरू माथि छलफल गरिने छ । अनुसन्धान पत्रहरूमा भाषाका वर्ण, ध्वनि, रूप, वाक्य र अर्थ व्यवस्थाका साथै भाषाका वक्ताको भाषिक स्थिति, अभिवृत्ति, पारस्परिक प्रभाव जस्ता समाजभाषिक र सांस्कृतिक विषयका साथै भाषा नीति र योजना, भाषासँग सम्बन्धित पहिचान, विचार, लैङ्गिकता, शक्ति, संस्कृति जस्ता भाषा संस्कृति र भाषा राजनीतिका विषयका साथै लोपोन्मुख भाषाहरूको संरक्षण, भाषिक शिक्षण र सिकाइ, क्लिनिकल भाषाविज्ञान, कम्प्युटर भाषविज्ञान जस्ता विषयहरू समेटिएको उनको भनाई छ ।