काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘सुनजस्ताे’ देखिने पहेंलो धातुसहित पक्राउ

10.35K
shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय २४ ग्रामको सुनजस्तो देखिने पहेंलो धातुको बाला १ थान र औँठी २ थानसहित ताप्लेजुङ लिङखिम-७ स्थायी ठेगाना भएका २२ वर्षीय जिबन लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार एक्सरेमा जाँच गर्ने क्रममा साे धातु भेटिएकाे थियाे । इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाई उक्त धातु अवैध रुपमा लुकाई भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी भन्सार कार्यालय र विमानस्थल प्रहरीको टोलीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुझाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।