नेतृत्व चयनमा सहमति हुन्छ : बादल
वि.सं.२०७८ मंसिर ९ बिहीवार १८:४५
shares

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा 'बादल'ले सहमतिबाटै नेतृत्व चयन गर्ने पार्टीको निष्कर्ष रहेको बताएका छन् ।
महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेका बादलले सहमति नभए केही पदमा निर्वाचन हुनसक्ने बताए । आफू कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको भन्दै उनले अब निर्णय गर्ने बताए । ‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गर्याैँ । अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निष्कर्ष छ। सहमति भएन भने केही पदमा निर्वाचन हुन पनि सक्छ,’ उनले भने ।
महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ ।

























