global ime bank Long Banner Ad

गृहपृष्ठ राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपालगञ्जका मेयरसमेत रहेका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले बिहीबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै अब पार्टीको परम्परागत गुट अन्त्य गर्ने बताए । 

कार्यक्रममा नेता धवलशम्शेरले पार्टीमा नयाँ अनुहार दिन नसके पार्टी सिद्धिने बताए । काठमाडौंमा हुने राप्रपाको महाधिवेशन यही मंसिर १५ देखि १७ गतेसम्म हुनेछ ।

प्रकाशित समय : १८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु