global ime bank Long Banner Ad

गृहपृष्ठ ‘कुमारी बैंक काठमाडौं च्याम्पियनसीप ब्याडमिन्टन’का खेलाडी नामवली सार्वजनिक

‘कुमारी बैंक काठमाडौं च्याम्पियनसीप ब्याडमिन्टन’का खेलाडी नामवली सार्वजनिक

‘कुमारी बैंक काठमाडौं च्याम्पियनसीप ब्याडमिन्टन’का खेलाडी नामवली सार्वजनिक

आगामी पुस पहिलो साता हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसीप २०२१ कर्पोरेट आमन्त्रण ब्याडमिन्टनमा सहभागी हुने नेपाली खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ । प्रतिायेगिातको आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमीले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरि नेपाली खेलाडीको नाम सार्वजनिक गरेको हो ।

एकेडेमीले वरियताका आधारमा शिर्ष ८ मा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, एपीएफका दिपेश धामी, भोजपुरका विकास श्रेष्ठ, एपीएफका साजन ताम्राकार, नेपाल पुलिसका विष्णु कटुवाल, धादिङका सुदिप सेढाई, नेपाल पुलिसका दिपक बोहरा र आर्मीका नविन श्रेष्ठ रहेका छन् ।

यस्तै महिलातर्फको शिर्ष आठमा पर्न सफल खेलाडीहरुमा क्रमशः नङशल तामाङ, अमिता गिरी, अनुमाया राई, रशिला महर्जन, एपीएफका जेसिका गुरुङ, शोभा गौचन, एपीएफकै सुनैना मुखिया, भोजपुरकी सिता राई रहेकी छन् । तर जेसिका र सिताले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि नवौ वरियताकी मोरङकी सिमा राजवंशी र दशौ वरियताकी बाँकेकी सम्झना शर्माले प्रतियोगिता खेल्ने भएका छन् ।

प्रतियोगिता पुस ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुनेछ । खेलाडीहरुले खेल्ने टोलीको घोषणा भने पछि हुने आयोजकले जनाएको छ । लैंगिक समानतालाई ध्यानमा राख्दै पुरुष तथा महिला खेलाडीहरुलाई समान पुरस्कारको ब्यवस्था गरेको एकेडेमीका महासचिव एवं नेपाल ब्याडमिन्टन संघका सदस्य एवं अन्तराष्ट्रिय अम्पायर दीपक थापाले बताए ।

लिग कम नक आउटका आधारमा खेलिने प्रतियोगितामा १६ टिमहरुको सहभागिता रहनेछ । प्रतियोगितामा मेन्स् डबल, वुमन्स् डबल, कर्पोरेट डबल्स, मेन्स् सिंगल्स, वुमन्स् सिंगल्स गरी पाँच स्पर्धा समावेश गरिएको छ । विजेता टिमका वरियता प्राप्त खेलाडीले ७५ हजार, उपविजेता टिमका खेलाडीले ६० हजार, तेस्राेले ५५ हजार र चौथोले ४७ हजार ५ सय प्राप्त गर्नेछन् । यस्तै टिम च्याम्पियनलाई रनिङ ट्रफी प्रदान गरिनेछ भने पहिलो, दोश्रो, तेश्रो हुने खेलाडीहरुले मेडल तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

प्रत्येक खेलबापत थप २५ सय प्रदान गरिने छ । यसरी एक खेलाडीले समूह चरणबाटै बाहिरेता पनि ३५ हजार प्राप्त गर्ने आयोजक एकेडेमीका महासचिव थापाले जानकारी गराए । आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि ४९ लाख ४६ र पुरस्कारतर्फ ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित समय : १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु