global ime bank Long Banner Ad

गृहपृष्ठ ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन निशुल्क इन्टरनेट

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन निशुल्क इन्टरनेट

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन निशुल्क इन्टरनेट

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट’ र ‘ग्लोबल स्मार्ट प्लस’ चलाउन निशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो । यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलव्ध हुनेछ ।

आफ्ना ग्राहकहरुलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरिएको ग्लोबल आइएमई बैंक लिमिटेडले जनाएको छ । यो सुविधा प्रदान गर्ने उद्देश्यका साथ ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडको बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमकी प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका छन् ।

‘बैंकले समय-समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई विस्तारित बैंकिङका साथसाथै अन्य सेवाहरु प्रदान गर्दै आएको छ,’ बैंकले भनेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाइएको छ ।

प्रकाशित समय : १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु