global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक सयले घटेर ९१ हजार ७ सय रूपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार २ सय तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला ९१ हजार ३ सय रूपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले बढेर एक हजार २३० पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित समय : १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु