गृहपृष्ठ प्रधानन्यायाधीशविरुद्ध ‘वालुवाटार न्याय मार्च’ आज
प्रधानन्यायाधीशविरुद्ध ‘वालुवाटार न्याय मार्च’ आज
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानबिन गर्न माग गर्दै वृहत् नागरिक आन्दोलन र नेपाल बार सहितका आठवटा पेसागत संगठनले संयुक्त र्याली गर्ने भएका छन् ।
राणाका विषयमा दलहरु मौन बसिरहेका बेला नेपाल बारसहित नागरिक अगुवा सडकमा आउने भएका हुन् । र्याली बिहिबार दिउँसो २ बजे सर्वोच्च अदालतबाट सुरु भएर प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्नेछ । र्याली बृहत् नागरिक आन्दोलन, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक संघ, नेपाल इञ्जिनियर्स एसोसिएसन, नेपाल आदिवासी जनजाति महासंघलगायत सहभागी हुनेछन् ।
प्रकाशित समय : १७:०५ बजे


















