global ime bank Long Banner Ad

गृहपृष्ठ डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ । फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले सो दुर्घटनाका बारेमा जानकारी दिएका छन् ।

मन्त्री डर्मानिनका अनुसार उक्त डुंगामा सवार रहेका व्यक्तिहरु संयुक्त अधिराज्यतर्फ जान लागेका र डुंगा डुब्दा उनीहरुको ज्यान गएको हाे । स्थानीय समयानुसार अपरान्ह २ बजे उक्त डुंगा डुबेको र १५ ओटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको बताइएको छ । यो दुर्घटनालाई एकै स्थानमा भएको ठूलो दुर्घटनाका रुपमा लिइएको बताइएको छ ।

प्रकाशित समय : १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु