काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झिनो अंकले बढ्यो नेप्से, अजोड इन्स्योरेन्सको कारोबारमा सर्किट

15.41K
shares

साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ०.२७ अंकले बढेर दुई हजार ९४७.६९ अंकमा प्रवेश गरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि झिनो अंकले वृद्धि भएको छ । आज ०.५५ अंकले बढेर ५४८.८७ अंकमा पुगेको छ ।

आज २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर बजार खरिदबिक्री भएको छ । जुन सेयर ९ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहरुमध्ये ६ उपसमूहअन्तर्गतको सेयर ओरालो लागेको छ भने बाँकी सबैको सेयरमा झिनो अंकले वृद्धि भएको छ । बैंकिङ १६.८१, व्यापार २९.५३, होटल तथा पर्यटन ४.१३, विकास बैंक ४.३५, वित्त २.५, निर्जीवन बिमा १९८.८६ र जीवन बिमा ८५.८४ अंकले बढेको छ भने जलविद्युत ९०.५६, उत्पादनमुलक ९३.८, अन्य ८.१७, लघुवित्त ३१.०४, सामुहिक लगानी कोष र लगानी समूह ०.६४ अंकले बढेको छ । 

त्यस्तै आज अजोड इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको छ ।