काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार

756
shares

ai logo सारांश

  • साताको चाैथाे कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले घटेको छ।
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.४६ अंकले घटेर २६२०.७९ विन्दुमा बन्द भएको छ ।
  • लगातार चाैथाे काराेबारका दिन सेयर बजार घटेकाे छ ।

‎काठमाडौं । साताको चाैथाे कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले घटेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.४६ अंकले घटेर २६२०.७९ विन्दुमा बन्द भएको छ । लगातार चाैथाे काराेबारका दिन सेयर बजार घटेकाे छ ।

‎नेप्सेका अनुसार बिहीबार ४ अर्ब ५६ करोड १० लाख २ हजार ४१ रुपैयाँ ९५ पैसा बराबरको कारोबार भएको छ। आज कुल १ करोड ३१ लाख ९८ हजार ५५१ कित्ता सेयर किनबेच भएका छन्।
‎
‎बिहीबार १४३ कम्पनीको मूल्य बढेको छ भने १२६ कम्पनीको घटेको छ। आठ कम्पनीको मूल्य स्थिर रहेको छ। यसले बजारको समग्र सूचक रातो देखिए पनि सबै कम्पनीमा बिक्रीको दबाब नरहेको देखाउँछ।