काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अब घरमै आइपुग्छ नेपाल टेलिकमको नयाँ सिम, हुलाकबाटै वितरण सेवा सुरु

756
shares

ai logo सारांश

  • नेपाल टेलिकमले ग्राहकलाई घरमै नयाँ प्रिपेड सिमकार्ड उपलब्ध गराउने उद्देश्यले ‘हुलाक सिम सेवा’ सुरु गरेको छ ।
  • ग्राहकले अनलाइन आवेदन दिएर हुलाक सेवाबाटै नयाँ भौतिक सिमकार्ड घरमै प्राप्त गर्न सक्नेछन् ।
  • सिम लिन नेपाल टेलिकमको कार्यालयमा पुगेर लाइन बस्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

काठमाडौं- नेपाल टेलिकमले ग्राहकलाई घरमै नयाँ प्रिपेड सिमकार्ड उपलब्ध गराउने उद्देश्यले ‘हुलाक सिम सेवा’ सुरु गरेको छ । यो सेवामार्फत ग्राहकले अनलाइन आवेदन दिएर हुलाक सेवाबाटै नयाँ भौतिक सिमकार्ड घरमै प्राप्त गर्न सक्नेछन् । यससँगै सिम लिन नेपाल टेलिकमको कार्यालयमा पुगेर लाइन बस्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले एक कार्यक्रमबीच उक्त सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले पहिलो ग्राहकका रूपमा मन्त्री तिमिल्सिनालाई सिमकार्ड हस्तान्तरण गरेका थिए ।

सेवा शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सिम सेवालाई महत्वपूर्ण सुरुवातको संज्ञा दिँदै यसको दायरा विस्तार गर्न निर्देशन दिए । उनले आगामी दिनमा अन्य सेवासमेत पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराएर नागरिकलाई सहज सेवा प्रदान गर्ने सरकारी प्रयासमा यसले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलले नयाँ पुस्ताको अपेक्षाअनुसार प्रविधिमा आधारित सेवा उपलब्ध गराउन सकिएकोमा खुसी व्यक्त गरे । उनले सरकारी सेवा हुलाकमार्फत नागरिकसम्म पुर्‍याउने सरकारको प्रयासमा यो सेवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै दुई संस्थाबीचको सहकार्य थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीले कार्यालय तथा डिलरमार्फत सेवा दिँदै आएको कम्पनी अब सेवाग्राहीको घरदैलोसम्म पुग्न सहज भएको बताइन् । उनले यसलाई कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भन्दै सडकको पहुँच नभएका ग्रामीण क्षेत्रका नागरिकलाई समेत सेवा पुर्‍याउन सकिने बताइन् । आगामी दिनमा अन्य सेवा पनि ग्राहकको घरदैलोसम्म पुर्‍याउन आवश्यक काम गरिने उनको भनाइ थियो ।

हुलाक सेवा विभागका महानिर्देशक पंगेनीले ग्रामीण क्षेत्रमा नेपाल टेलिकमका सेवा विस्तार गर्न हुलाकको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले आगामी दिनमा अन्य सेवा वितरणमा समेत दुई संस्थाबीच सहकार्य गर्न सकिने उल्लेख गरिन् ।

यसरी लिन सकिन्छ हुलाक सिम सेवा

हुलाक सिम सेवा लिन ग्राहकले नेपाल टेलिकमको आधिकारिक पोर्टलमा लगइन गरी ‘एयकतब िक्क्ष्ः’ विकल्प छनोट गर्नुपर्नेछ । त्यसपछि दिइएको निर्देशनअनुसार दर्ता गरी आवश्यक व्यक्तिगत विवरण भर्नुपर्छ । आवेदनमा पूरा नाम, जन्ममिति, ठेगाना र नजिकको पहिचानयोग्य स्थानलगायतका विवरण उल्लेख गर्नुपर्नेछ ।

त्यसैगरी आफ्नो प्रोफाइल फोटो र नागरिकता वा राहदानीको अगाडि तथा पछाडिको स्पष्ट तस्बिर अपलोड गरी नजिकको नेपाल टेलिकम काउन्टर छनोट गरेर आवेदन पेस गर्नुपर्छ । आवेदन प्राप्त भएपछि नेपाल टेलिकमले कागजात जाँच गर्नेछ र त्यसबारे एसएमएसमार्फत जानकारी दिनेछ । आवेदनमा सुधार आवश्यक भए विवरण सच्याउन सकिनेछ भने स्वीकृत भएपछि भुक्तानी प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

नयाँ सिमकार्डका लागि ९० रुपैयाँ र हुलाकमार्फत घरसम्म पुर्‍याउन ७० रुपैयाँ गरी जम्मा १६० रुपैयाँ शुल्क लाग्नेछ । उक्त रकम बैंकिङ एप, डिजिटल वालेट वा नमस्ते पेबाट अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

भुक्तानी सम्पन्न भएपछि नेपाल टेलिकमले मोबाइल नम्बर तोकी एसएमएस र इमेलमार्फत सिम वितरणको जानकारी तथा सक्रिय गर्ने कोड पठाउनेछ । ग्राहकले उक्त कोड सुरक्षित राख्नुपर्नेछ, किनकि सिम सक्रिय गर्न यसको आवश्यकता पर्नेछ ।

त्यसपछि नजिकको हुलाक कार्यालयमार्फत सिमकार्ड पठाइनेछ । सिम कहाँ पुगेको छ भन्ने जानकारीसमेत अनलाइन ट्र्याकिङबाट लिन सकिनेछ । हुलाक कर्मचारीले ग्राहकको घरमै सिम पुर्‍याउनेछन् । सिम प्राप्त गर्दा ग्राहकले आफ्नो मोबाइल नम्बर तथा आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ ।

घरमै प्राप्त भएको सिमकार्ड पोर्टलमा लगइन गरी सक्रिय गर्ने कोड प्रविष्ट गरेर वा नयाँ सिमबाट ८१४१४३ डायल गरेर सक्रिय गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।