काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

22.72K
shares

सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ । संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने सहभागी छैन ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले समस्याको समाधान गर्नुभन्दा पनि सभामुखले थप द्वन्द्व निम्त्याउने प्रयास गरेकाले आफूहरू बैठकमा सहभागी नभएको बताएका छन् । ‘सभामुखले नाटक देखाउनका लागि बैठक बोलाउनुभो । दलीय मान्यता समेत नपाएको नेकपा एसलाई समेत निम्त्याएर उहाँले द्वन्द्व निम्त्याउन खोज्नुभो । त्यसैले हामी बैठकमा सहभागी भएनौँ,’ एमाले सचेतक भट्टराईकाे भनाइ छ ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरू सहभागी छन् ।

सभामुख सापकोटाले  प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । तर, सभामुख सापकोटा पार्टी विभाजनको मतियार बनेको र आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।