काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रतिनिधिसभाकाे विषयले राष्ट्रियसभामा अवरोध

18.25K
shares

राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै रहेको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद भैरवसुन्दर श्रेष्ठलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएका थिए ।

सांसद श्रेष्ठले दलीय आधारमा निर्वाचित सांसदलाई दलको निर्देशन नमान्दा आफ्नो दलले गरेको कारबाहीको सिफारिसलाई सभामुखले कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताए ।  उनले दलको निर्देशन नमान्ने १४ सांसदलाई कारबाहीको सिफारिस गरे पनि सभामुखले लामो समयसम्म कार्यान्वयनमा नलगी एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाए । उक्त विषयमा प्रतिनिधिसभाका सभामुखले कुनै किसिमको गल्ती महसुस नगरेको तथा अझैसम्म पनि चित्तबुझ्दो जवाफ नदिएकाले जवाफ नआएसम्मका लागि सदनका काम कारबाही अगाडि नबडाइयोस् भन्दै सांसद श्रेष्ठले सभाअध्यक्ष तिमल्सिनालाई आग्रह गरे ।

अध्यक्ष तिमल्सिनाले प्रतिनिधिसभासँग सम्बन्धित विषय भए पनि बैठकमा कुरा उठ्नु स्वभाविक भएको र यो विषय समयसँगै निरुपण हुने बताए । एमालेका सांसदलाई अवरोध नगरी बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दासमेत उनीहरुले उभिएर विरोध जनाएपछि अध्यक्ष तिमल्सिनाले भने कार्यसूचीलाई अगाडि बढाएका थिए । बैठकमा अवरोधकैबीच विधान व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङकोतर्फबाट समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका थिए ।