काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

567
shares

काठमाडौं । मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । दुवै कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने भएकाले आजसम्म शेयरधनी कायम हुने लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै, बरुण हाइड्रोपावरले ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

दुवै कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएका छन् । बरुण हाइड्रोपावरले बोनस शेयर वितरणपछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसमेत सभामा लैजाँदैछ ।