काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण

609
shares

ai logo सारांश

  • नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसरमा मंगलबार जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।
  • बिरामीहरूलाई तरुण दलका नेताहरूले स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका थिए ।

ताप्लेजुङ । नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसरमा मंगलबार जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।

तरुण दल जिल्ला कार्यसमितिले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्ला कार्यसमितिका कार्यवाहक सभापति पृथ्वीमान पालुङवाको नेतृत्वमा अस्पतालका बिरामीहरूको बेडमै पुगी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै फलफूल वितरण गरेको थियो ।

सभापति पालुङवाका अनुसार नेपाल तरुण दल ताप्लेजुङले विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरू गर्दै स्थापना दिवस मनाउने क्रममा यस पटक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको आयोजकले जनाएको छ । बिरामीहरूलाई तरुण दलका नेताहरूले स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका थिए ।