काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बैंकिङ प्रणालीबाट एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक

924
shares

ai logo सारांश

  • नेपाल राष्ट्र बैंकले बिहीबार (कात्तिक १२) बैंकिङ प्रणालीबाट एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप तान्दै छ ।
  • आठ दिनको लागि मात्रै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो ।
  • राष्ट्र बैंकका अनुसार, ब्याजदर पनि अनलाइन बोलकबोलबाट निर्धारण हुनेछ ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बिहीबार (कात्तिक १२) बैंकिङ प्रणालीबाट एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप तान्दै छ । बैंक तथा वित्तीय संस्थामा निरन्तर अधिक तरलता भएपछि नियमित प्रक्रियाअनुसार केन्द्रीय बैंकले पटक–पटक गरेर छोटा अवधिको निक्षेप संकलन गर्ने गर्दछ ।

यसक्रममा यसपटक आठ दिनको लागि मात्रै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो ।

बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ कात्तिक २० गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी जनाएको छ । राष्ट्र बैंकका अनुसार, ब्याजदर पनि अनलाइन बोलकबोलबाट निर्धारण हुनेछ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम १० करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।