Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

खोलाले बगाएका अधिकारी मृतावस्थामा फेला

न्युज कारोबार अर्घाखाँची असार ४, २०७८       

खोलाले बगाएका अधिकारी मृतावस्थामा फेला फाइल तस्बिर ।

खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका-५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृतावस्था फेला परेका छन् ।  अधिकारीको शव रिंगदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजनविक्रम शाहले  जानकारी दिए ।

बुधबार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको शव बिहीबार फेला परेको थियो । शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु