Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

थप १९६३ जनामा कोरोना पुष्टि, ४४ जनाको मृत्यु

न्युज कारोबार काठमाडौं असार ४, २०७८       

थप १९६३ जनामा कोरोना पुष्टि, ४४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ५६९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ९६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ५ हजार ४६८ जनाको एन्टिजेन परीक्षणमा ८०५ जनामा कोरोना देखिएको छ ।

यसरी पीसीआर र एन्टिजेन गरी देशभर  २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर परीक्षणमा मात्रै ६ लाख १७ हजार ९४७ पुगेको छ भने एन्टिजेन परीक्षणमा संक्रमित हुनेको संख्या २४ हजार ८६१ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबार ४ हजार २० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ ।

सम्बन्धित खबरहरु