काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्यमा लगातार वृद्धि, तोलामा ९४ हजार ५ सय पुग्यो

14.45K
shares

आइतबारयता सुनको मूल्य लगातार वृद्धि भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबार र सोमबार २/ २ सय र मंगलबार ३ सय रूपैयाँ बढेको हो ।

मंगलबारको लागि छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५ सय रूपैयाँ कायम गरिएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुन तोलामा ९४ हजार रूपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार र सोमबार ५/५ रूपैयाँ बढेको चाँदी मंगलबार १० रूपैयाँ बढेको छ । महासंघका अनुसार सोमबार १ हजार ३ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको हो ।